२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

मिटरब्याज पीडितसँग वार्ता गर्न गृहले बनायो सहसचिव नेतृत्वमा टोली

१३ फागुन, काठमाडौं । सरकारले मिटरब्याज पीडितहरूलाई वार्ताका लागि बोलाएको छ। गृह मन्त्रालयले सहसचिव रूद्रप्रसाद पण्डितको संयोजकत्वमा वार्ता टोली बनाएर पीडितहरूलाई वार्ताका लागि बोलाएको हो।

मन्त्रालयले मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिको नाममा पत्र पठाउँदै सहसचिव पण्डितको नेतृत्वमा समिति बनाइएको  उल्लेख गरेकाे छ। ‘मिटरब्याज समस्या समाधानका लागि मन्त्रालयका सहसचिव रूद्रप्रसाद पण्डितको संयोजकत्वमा वार्ता टोली गठन गरिएकाले छलफलका लागि बढीमा पाँच सदस्यीय वार्ता टोली गठन गरी मन्त्रालयमा उपस्थित हुनु हुन आदेशानुसार अनुरोध छ।’ गृह मन्त्रालयले पठाएको पत्रमा उल्लेख छ ।

प्रकाशित मिति : February 25, 2024 at 4:07 pm