१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

बुढानिलकण्ठमा होमस्टे व्यवस्थापन अध्ययन अवलोकन तालिम सम्पन्न


१३ फागुन, काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका वडा नं. १ तौलुङको आयोजनामा तिन दिने होमस्टे व्यवस्थापन अध्ययन अवलोकन तालिम कार्यक्रम सम्पन्न भएको छ । इन्टरनेशनल प्रोजेक्ट डेभलपमेन्ट फोरमको सहजीकरणमा सम्पन्न भएको तालिम कार्यक्रमको उद्घाटन बुढानिलकण्ठ नगरपालिका वडा नं. १ का अध्यक्ष सुरेन्द्र लामाले गरेृका थिए ।

कार्यक्रममा ३० जना स्थानियहरु सहभागी भएका थिए । तालिम कार्यक्रममा होमस्टेको कार्यविधि, दर्ता प्रक्रिया, सरसफाई, सांस्कृतिक कार्यक्रम, पाहुनाको स्वागत, बसाँई तथा बिदाई र बजारीकरण विषयमा भुमराज तिवारी र शिला अमात्यले प्रशिक्षण प्रदान गरेका थिए ।

 

अध्ययन अवलोकनको क्रममा नेपालकै पहिलो महिलाहरुले संचालन गरेको पनौती सामुदायिक होमस्टेमा सहभागीहरुलाई पाहुनाको रुपमा अनुभव गराइएको थियो । तालिमका सहभागीहरुलाई ११ गते पनौति नगरपालिकाको उपमेयर गिता बञ्जराले स्वागत गर्दै महिलाहरुको आत्मनिर्भरता, स्वावलम्बनको लागी होमस्टे सवैभन्दा उपयुक्त माध्यम भएको बताएकी थिइन्।

सहभागीहरुलाई ऐतिहासिक पनौति बजार, नमोबुद्ध, साँगा महादेव तथा चण्डेश्वरी मन्दिरको भ्रमण गराइएको थियो । तालिममा सहभागीहरुलाई पनौति नगरपालिकाका मेयर रामशरण भण्डारीले बिदाई गर्दै होमस्टे मार्फत बुढानिलकण्ठ र पनौति नगरपालिकाको बिचमा मितेरी सम्बन्ध बढाउन आफु तयार रहेको बताए। तालिम कार्यक्रमले बुढानिलकण्ठ नगरपालिकामा होमस्टे संचालन हुनेमा आफु विश्वस्त रहेको तालिम कार्यक्रमको सहजीकरण गरेका मुकुन्द ढुङगानाले बताए । तालिम तथा भ्रमण कार्यक्रम असाध्यै उपलब्धिमुलक भएको सञ्चिला लामाले बताइन् ।

  

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आईतवार १०:२८