२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

प्रसूति गृहबाट हराएको शिशु काँडाघारीमा फेला

१२ फागुन, काठमाडौँ । काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट हराएको नवजात शिशु (बालिका) फेला परेको छ । उक्त अस्पतालबाट शुक्रबार हराएको शिशु काठमाडौँको काँडाघारीमा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

“हराएको नवजात शिशु भक्तपुरको काँडाघारीमा फेला परेको छ”, उहाँले भन्नुभयो, “बच्चा लिएर जाने महिलालाई पक्राउ गरेका छौँ ।” काभ्रेपलाञ्चोकको चौरी देउराली गाउँपालिका–३ घर भई हाल काठमाडौँको कपन बस्दै आएकी २२ वर्षीया सविना श्रेष्ठले शुक्रबार दिउँसो प्रसूति गृहबाट आफ्नो २६ दिनको शिशु चोरी भएको भन्दै प्रहरीलाई मौखिक सूचना दिएपछि प्रहरीले खोजीकार्य सुरु गरेको थियो ।

प्रकाशित मिति : February 24, 2024 at 1:37 pm