३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

लेखराज भट्ट र कर्ण थापाका उम्मेदवार पराजित गर्दै एमाले कैलालीको अध्यक्षमा यज्ञराज ढुंगाना विजयी

१२ फागुन, कैलाली । नेकपा एमाले कैलालीको अध्यक्षमा यज्ञराज ढुंगाना विजयी भएका छन्। एमाले सचिवा लेखराज भट्ट र स्थायी कमिटी सदस्य कर्ण थापा समर्थत उम्मेदवारहरूलाई पराजित गर्दै अध्यक्षमा केन्द्रीय सदस्य दामोदर भण्डारी समर्थित ढुंगाना विजयी भएका हुन । अध्यक्षमा विजयी भएका ढुंगाना निकटबाट पदाधिकारीमा दुई जना उपसचिवमात्र विजयी भएका छन बाँकी उपाध्यक्ष र सचिव पाण्डे प्यानलका रहेका छन ।

अध्यक्षमा विजयी भएका ढुंगानाले दुई सय ८७ मत प्राप्त गरेका छन । यस्तै अध्यक्षका निकटम प्रतिस्पर्धी डेजी पाण्डेले दुई सय १८ मत प्राप्त गरेका छन । यस्तै अध्यक्षका अर्का प्रतिस्पर्धी दुर्गाप्रसाद जाेशीले ६३ मत प्राप्त गरेका छन । अध्यक्षका उम्मेदवार तीनै जनाले पदाधिकारीमा प्यानल बनाएका थिए ।

विजयी ढुंगानालाई केन्द्रीय सदस्य दामोदर भण्डारीले साथ दिएका थिए भने पाण्डेलाई स्थायी कमिटि सदस्य कर्ण थापाले साथ दिएका थिए भने जोशीलाई एमाले सचिव तथा कर्णाली इञ्चार्ज लेखराज भट्टले साथ दिएका थिए ।

यस्तै उपाध्यक्षमा पाण्डे प्यानलका लाेकेन्द्रबहादुर शाही पाँच मतले विजयी भएका छन् । उनले एक सय ९३ मत पाउँदा प्रतिद्वन्द्वी दलबहादुर बिष्टले एक सय ८८ मत पाए । उपाध्यक्षका उम्मेदवार विष्णु चाैधरीले एक सय ६ मत, मदनराज ओझाले ३३ मत र गजेन्द्र स्वारले २७ मत प्राप्त गरेका छन ।

सचिवमा पाण्डे प्यानलका ममताप्रसाद चाैधरी विजयी भएका छन्। चाैधरी दुई सय ४३ मतसहित विजयी हुँदा उनका प्रतिद्वन्द्वी ढुंगाना प्यानलका विष्णुकुमार चन्दले एक सय ६८ मत मात्रै प्राप्त गरेका छन । सचिवकै अर्का उम्मेदवार दानबहादुर विश्वकर्माले एक सय ४७ मत प्राप्त गरेका छन् ।

उपसचिव(खुला) मा भने ढुंगाना प्यानलका चुडामणी भट्ट विजयी भएका छन्। भट्ट दुई सय ५१ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी भुवन रिजालले एक सय २३ मत प्राप्त गरे । यस्तै अर्का उम्मेदवार नृप थ्यायत खड्काले ९५ र राजु गुरूङले ७१ मत प्राप्त गरेका छन ।

उपसचिव (महिला) मा गंगाकुमारी चाैधरी एक सय ९६ मतसहित विजयी भएकी छन्। उनकी प्रतिद्वन्द्वी शान्तिदेवी सिंहले एक सय ६१,रत्ना कुँवर जाेशीले ९४ र अम्बिका विष्टले ९० मत पाएकी छन्। फागुन ६ गते सुरू भएको एमाले कैलालीको नवौँ अधिवेशन सातौ दिन शनिबार सम्पन्न हुँदैछ । सदस्यहरूको मतगणना जारी रहेकाले आजै सम्पूर्ण नतिजा सार्वजनिक हुने निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति : February 24, 2024 at 9:06 am