११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

ओलीको निर्देशन विपरित बालकोटमै तयार भयो २५ किलोको केक


११ फागुन, काठमाडौँ । ७३ औँ वर्षमा प्रवेश गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जन्मदिनको पूर्व सन्ध्यामा ‘बा’ ब्राण्डिङको काम गरिरहेको समूहसँगको कुराकानीमा केक नकाट्ने र केक नल्याउन आग्रह गरेका थिए । तर ओलीको निर्देशन विपरित उनकै गृहजिल्लाको पार्टी सम्पर्क मञ्चले २५ किलो अर्थात ५५ पाउण्डको केक तयार पारेको छ ।

ओली निवास बालकोट नजिकै नेकपा एमाले झापा काठमाडौँ सम्पर्क मञ्चले ओलीको ७३ औँ जन्मदिनका लागि २५ किलोको केक तयार पारेको हो । बालकोटको हर्मन लाइभ बेकरीमा ओलीका लागि पार्टीको नयाँ लोगोसहितको केक तयार भएको छ । बेकरीका श्यामजंग खत्री जंगे मौसुफले केक तयार पारेका हुन । मञ्चले उक्त केक साँझ अध्यक्ष ओलीको निवासमा जन्मोत्सव समारोहमा काट्ने जनाएको छ ।

शुक्रबार राति ओली निवासमै भएको जन्मोत्सव समारोहमा उक्त २५ किलोको केक ओली र उनको पिता मोहनप्रसाद ओलीले संयुक्त रूपमा काटे । युवा संघको संयोजनमा अहिले ओली निवासमा सांगितक कार्यक्रम चलिरहेको छ ।

 

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार १९:१४