६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

शान्ति सम्झाैताको १२ वर्ष पूरा भएकै दिन पूर्व लडाकुले गृहमन्त्रीकै अघि विष पिए

५ मंसिर, काठमाडाैँ । शान्ति सम्झाैताको १२ वर्ष पूरा भएकै दिन पूर्व लडाकु कुलप्रसाद भट्टरार्इले गृहमन्त्री रामबहादुर थापा बादलकै अघि विष पिएका छन । तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको तत्कालीन ‘जनयुद्ध’मा सहभागी भट्टरार्इले बुधबार मन्त्रीकै अघि विष पिएका हुन । प्रहरीका अनुसार कालीकोट घर भएका भट्टरार्इ ३४ वर्षका रहेका छन ।

उनको अहिले वीर अस्पतालमा उपचार भैरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । स्रोतका अनुसार गृहमन्त्रीलाई भेट्दा उनले खल्तीबाट विषको बोत्तल निकालेर मुखमा हालेका थिए । भट्टराईले विष सेवन गरेपछि गृहमन्त्रीले प्रहरीलाई खबर गरेका थिए ।

गृहमन्त्रीसँग भेटेकाे करिब २ मिनटमै उनले सोफामा बसेकै बेला विष सेवन गरेका स्राेतले बतायाे । चिकित्सकहरूले भट्टराईले साइपरमेथ्रिन नामक विष सेवन गरेकाे बताएका छन । उक्त विष कृषि उत्पादनमा लाग्ने किरा मार्न प्रयोग गरिन्छ ।

प्रकाशित मिति : ५ मंसिर २०७५, बुधबार १८:२८