११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

भ्रष्टाचार नियन्त्रण गरेपछि समाजवादको आधार तयार हुन्छः प्रधानमन्त्री प्रचण्ड


११ फागुन, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रा भनेर सुरु गरिएको यात्रा समाजवादको यात्रा भएको बताएका छन । तेइसौं मजदुर बलिदान दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा प्रचण्डले भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कायम गरेर मात्र समाजवादको आधार तयार हुने बताए ।

“गरीब एवं किसानको हकअधिकार स्थापित नहुँदासम्म समाजवाद आउन सक्दैन, सबैले आफ्नो क्षमताअनुसारको काम गर्ने कामअनुसारको दाम पाउने अवस्था आउनुपर्छ,” प्रधानमन्त्री प्रचण्डले भने, “त्यसकारण सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रा एकअर्कामा अभिन्न रुपले जोडिएका अवयव हुन्, समाजवादको आधार तयार पार्ने कुरा हो ।”

मजदुर–किसानको एकता एवं सही विचार र नेतृत्वको बलमा देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको स्पष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले भने, “हाम्रा सहिद, बेपत्तायोद्धाको त्याग र बलिदान खेर गयो कि भनेर सोच्न हुन्न, समावेशिता एवं महिलाको प्रतिनिधित्व छ, उत्पीडित जाति, जनजाति एवं मधेसी र मुस्लिमले जेजति अधिकार पाएका छन्, त्यो महान सहिद र बेपत्ताको त्याग र बलिदानबाटै प्राप्त भएको हो ।”

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार १७:५२