१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

ठेक्का हत्याउने तर काम नगर्ने कांग्रेस सांसद बानियाँविरूद्ध पाँच दलको प्रदर्शन


११ फागुन, मनहरी । ठेक्का हत्याउने तर काम नगर्ने नेपाली कांग्रेस सांसद इन्द्र बानियाँविरूद्ध पाँच दलले शुक्रबार बिरोध प्रदर्शन गरेका छन । उनीहरूले ठेक्का हत्याउने तर काम नगर्ने ठेकेदारहरूको नाम र तस्बिरसहितको कालो व्यानर राखेर प्रदर्शन गरेका हुन ।

बानियाँले मकवानपुरको मनहरीमा पुलको ठेक्का लिएर पनि काम गरेका छैनन् । मनहरीमा पुल निर्माणको ठेक्का लिएर पनि काम नगरेपछि स्थानीय पाँच दलले शुक्रबार बागमती प्रदेशसभाका सदस्य समेत रहेका नेपाली कांग्रेसका नेता बानियाँसहितको तस्बिर प्रयोग गरी कालो व्यानर टाँगेर प्रदर्शन गरेका हुन ।

मनहरी गाउँपालिकाले ३३ करोडमा ५ वटा पुल बनाउने गरप् फरक फरक कम्पनीसँग सम्झौता गरेको थियो । जसमा बानियाँ सञ्चालक रहेको कम्पनीसहितको हिराचन बानियाँ जेभीले चारवटा पुलको ठेक्का पाएको थियो । पुल निर्माण गर्नका लागि बानियाँको कम्पनिले ठेक्क लिएपनि काममा धेरैनै ढिलासुस्ती गरेको, तोकिएको समयमा काम सम्पन्न नगरेको स्थानीय दलहरूले बताएका छन ।

नेकपा एमाले मनहरी गाउँपालिकाका अध्यक्ष नविन सुवेदीले मनहरी गाउँपालिकामा एकपछि अर्को अनियमितताका विषयमा पाँच राजनीतिक दलहरूले ध्यानाकर्षण गराए पनि पालिकाले कुनै चासो नदेखाएकाले ठेकेदारको फोटोसहित प्रदर्शन गरेर बिरोध जनाएको बताएका छन ।

मनहरी गाउँपालिकामा कर्मचारी र जनप्रतिनिधीहरुको मिलेमतोमा नदिजन्य पदार्थमा गरिएको राजश्व छुट लगायतका विषयमा पाँच दलका नेताहरुले संयुक्त रुपमा हस्ताक्षर गरेर गाउँपालिकाको ध्यानाकर्षण गराएका थिए। मनहरी गाउपालिकामा भैरहेको योजनाहरूको ढिला सुस्ति, पाँच वटा पुल निर्माणमा भइरहेको ढिलाइ, गाउँपालिकामा भइरहेको निरन्तरको अनियमितता लगायतका विषयमा पाँच राजनैतिक दलले संयुक्त रुपमा ध्यानाकर्षण गराएका हुन । उनीहरूको ध्यानाकर्षण पत्र तल हेर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार १७:३४