८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

थापाथलीको प्रसूति गृहबाट २६ दिनको शिशु चोरी

११ फागुन, काठमाडौँ । काठमाडौंको थापाथलीस्थित परोपकार स्त्री तथा प्रसूति रोग अस्‍पतालबाट शिशु चोरी भएको छ। शुक्रबार उक्त अस्‍पतालबाट एक महिलाले शिशु चोरी गरी फरार भएको प्रहरीले जनाएको छ ।

काभ्रेपलाञ्चोक भई काठमाडौंको कपन बस्ने महिलाले जन्मदिएको २६ दिनको शिशुलाई  एक अपरिचित महिलाले चोरी फरार भएकी हुन्। ती अपरिचित महिलाले एक छिन बच्चा समातिदिन्छु भन्दै छलेर फरार भएको प्रहरी जनाएको छ। बच्चा चोरी गरेर भाग्ने महिलाको खोजतलास भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : February 23, 2024 at 5:05 pm