१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कर्मचारी सञ्चय कोषले विभिन्न पदका लागि माग्यो ३० कर्मचारी (सूचनासहित)


११ फागुन, काठमाडाैँ । कर्मचारी सञ्चय कोषले विभिन्न पदमा ३० जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ। कोषले शुक्रबार सूचना प्रकाशन गर्दै पाचौं तहदेखि नवौं तहसम्मका लागि कर्मचारी मागेको हो।

कोषले वरिष्ठ प्रबन्धक, प्रबन्धक र उपप्रबन्धक एक/एक जना मागेको छ। सहायक प्रबन्धकमा १२ जना मागेको छ। जसमध्ये खुलाबाट ७ जना, महिला र आदिवासी जनजातिबाट २/२ जना र मधेसीबाट १ जना माग गरेकाे हाे ।

त्यस्तै प्रशासनतर्फ १ जना र प्राबिधिकतर्फ १ जना सहायक प्रबन्धक मागिएको छ। पाँचौं तहको प्रशासनतर्फ प्रमुख सहायकका लागि १३ जना कर्मचारी मागिएको छ। जसमध्ये ८ जना खुलाबाट, महिला र आदिवासी जनजातिबाट २/२ जना र १ जना मधेसीबाट माग गरिएकाे हाे । इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरुले २१ दिनभित्र अनलाइनमार्फत दरखास्त आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार ११:२१