१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

नुवाकोटको बाह्रविसेमा बस दुर्घटना


११ फागुन, नुवाकोट । नुवाकोटको तादी गाउँपालिकामा दुप्चेश्वर गाउँपालिकाबाट काठमाडाैँ जाँदै गरेको बस दुर्घटनामा परेको छ । तादी गाउँपालिकाको बाह्रबिसे बजारमा पासाङल्हामु यातायातको बा ५ ख ८२०१ नम्करो बस बिहान १०ः३० बजे दुर्घटनामा परेको हो । बसका सबै यात्रु सकुशल रहेका छन । बस सडक छाडेर भीरतर्फ अघि बढेको भए पनि ढलान घरको छेउमा बस अड्किएको छ । प्रहरीले यात्रुको सकुशल उद्धार गरेको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार ११:१८