८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

गोर्खा वारियर आजदेखि देशभरका हलमा

११ फागुन, काठमाडौँ । नेपाली चलचित्र ‘गोर्खा वारियर’ आजशुक्रबारबाट देशव्यापी रिलिज  भएको छ । आजभन्दा ८० वर्ष अघिको समाजको कथा र गोर्खालीको सेनाको गाथा चलचित्रमा निकै मार्मिकसँग चलचित्रमा उतारिएको छ । नेपालमा युद्ध सम्बन्धि यतिराम्रो चलचित्र यस अघि कहिल्यै बनेको चलचित्र क्षेत्रका अगुवाहरूले बताएका छन ।

चलचित्रका निर्देशक मिलन चाम्सले आफूले गोर्खाली सेना र गोर्खा वारियरबारे यस अघि धेरैपटक बोलेको भन्दै । अब यो चलचित्र हेरेर बोल्ने पालो दर्शकको भएको बताएका छन । वीरताको कथा र देशभक्तिलाई केन्द्रमा राखेर चलचित्र तयार भएको छ ।

यो चलचित्र मुलुकका १२० भन्दा बढी सिनेमा हलमा शुक्रबारबाट प्रदर्शन सुरू भएको छ । सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथा प्रस्तुत गरिएको यो चलचित्रमा यो चलचित्रमा रितेश चाम्स, रेविका गुरुङ, विजय लामा, रियर राई, शिशिर बाङ्देल, कविता आले, विरुप घले, सारा राई, सुरज तमु, त्रिचु राई, दिग्गज खत्री, सिद्धार्थ सिंह, सरोज खालिङलगायतको मुख्य भूमिका रहेको छ ।

गोर्खा वारियरको निर्मातामा सुमन राई, सुस्मिता वाइवा छन् । यसको कार्याकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवम् सहनिर्मातामा सुरेश राई रहेका छन् । यो चलचित्र लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो ।

यो चलचित्रको गीत शैलेन्द्र खनाल ‘शरद’ले लेखेका हुन भने सो गीतमा एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन रहेको छ । फिल्मलाई राजेन्द्र मोक्तानको रंग संयोजन गरेका छन् । यो चलचित्रमा हिमाल केसीको द्वन्द्व निर्देशन, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डीओपी छ ।

प्रकाशित मिति : February 23, 2024 at 10:40 am