५ चैत्र २०८१, मंगलवार | Tue Mar 18 2025

अन्तिम कारोबारको दिन यी कम्पनीमा झुम्मिए लगानीकर्ता

१० फागुन, काठमाडाैँ । साताको आन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । बिहीबार नेप्से २०.७६ अंकले घटेर २००५ को विन्दुमा बन्द भएकाे छ ।

बिहीबार सबैभन्दा बढी हिमालयन रि इन्स्योरेन्स लिमिटेडको सेयर कारोबार भएको छ । आज कम्पनीको १४ करोड ८१ लाख ४९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, गुर्खाज फाइनान्सको १४ करोड १ लाख ४ हजार रुपैयाँ, एनआइसी एशिया बैंकको ६ करोड ४० लाख १६ हजार रुपैयाँ, ङादी ग्रुप पावरको ६ करोड २४ लाख २ हजार रुपैयाँ र सिटिजन इन्भेष्टमेन्ट ट्रस्टको ५ करोड ७७ लाख ६९ हजार रुपैयाँको कारोबार भएको छ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहीबार १५:१२