१० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026

प्रकाश ज्वालासहित तीन मन्त्रीलाई बर्खास्त गर्न एमालेको माग

१० फागुन, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले तीन मन्त्रीको राजीनामा माग गरेका छन् । बिहीबार प्रतिनिधि सभाका बैठकमा विरोध जनाउँदै सार्वजनिक प्रश्न उठेका मन्त्रीहरूको राजीनामा माग गरेको हो ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सांसद रघुजी पन्तले स्वास्थ्यमन्त्री मोहन बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र पर्यटनमन्त्री सुदन किरातीको राजीनामा माग गरेका हुन् ।

एमालेले बालकुमारी घटनामा भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला, टेरामक्स खरिद प्रकरणमा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत,  रामग्राम क्षेत्रको जग्गा लिजमा दिने प्रकरणमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई सरकारबाट हटाउन उनले माग गरे ।

प्रकाशित मिति : February 22, 2024 at 12:11 pm