५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

बिहीबार घट्यो सुनको भाउ, यस्तो छ कारोबार मूल्य


१० फागुन, काठमाडौँ । साताको पाँचौ कारोबारको दिन बिहीबार सुनको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार बिहीबार सुन तोलामा ४०० रुपैयाँले घटेर छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, बिहीबार चाँदी पनि तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको महासँघले जनाएको छ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहीबार ११:३०