२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

धम्कि दिई लाखौ रकम माग गर्ने नुवाकोटका ढुंगानासहित दुई जना पक्राउ


९ फागुन, काठमाडौँ । डर, त्रास तथा धम्कि दिई रकम मागेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाली टिकापुर–१ घर भएका ३६ वर्षिय विश्वजित बटला भनिने हृदयराज बोगटी र नुवाकोट ककनी–३ घर भएका ३६ वर्षिय रमेश भनिने नरहरि ढुंगाना रहेको प्रहरीले जनाएको छ ।

उनिहरुले योजनावद्ध तरिकाले पिडितलाई पटक पटक फोन मार्फत तथा प्रत्यक्ष भेट गरी डर, धम्की तथा त्रास देखाई ५० लाख माग गरेका थिए । उनिहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलिले काठमाडौँको चन्द्रागिरी–९ मच्छेगाउँबाट पक्राउ गरेको हो ।

आरोपीहरुको साथबाट नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को रसिद बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कायालयका सूचना अधिकारी (एसपी) रविन्द्र रेग्मीले बताए ।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार १०:१८