२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने धादिङका श्रीराम पक्राउ


९ फागुन, काठमाडौँ । माल्टा पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ सिद्धलेख गाउँपालिका वडा नं. ०७ घर भई हाल काठमाडाैँकाे चन्द्रागिरी नगरपालिका-१२ सतुंगल बस्ने २९ बर्षका श्रीराम पण्डित रहेका छन् ।

वैदेशिक रोजगारीका लागि माल्टा पठाई प्रतिष्ठित कम्पनीमा १ लाख पचास हजार रुपैयाँ तलबमा काम लगाइदिन्छु त्यसका लागि एघार लाख रुपैयाँ लाग्छ भन्दै प्रलोभनमा पारी पीडितबाट श्रीरामले पटक पटक गरी एक लाख रुपैयाँ ठगी गरेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले श्रीरामलाई सतुंगलबाट पक्राउ गरेकाे हाे । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार १०:०१