२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक किलाे सुनसहित भारतीय नागरिक पक्राउ


८ फागुन, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक किलो सुन बरामद गरिएको छ । विमानस्थलबाट ८ सय ५५ ग्राम सुनसहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो  ।

पक्राउ पर्नेमा ३५ वर्षका शरिफ अहमद अब्दुल गफर रहेका छन् ।  गए राती फ्लाई दुबईबाट शरिफ अहमद काठमाडौं आएका थिए। उनले अर्ध ठोस बनाएर सुन ल्याएको प्रहरीले जनाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलवार १३:२०