१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

ज्ञापनपत्र बुझाएर राजसंस्था आउँदैन, १७ वर्षको प्रयत्न खेर गयोः कमल थापा


८ फागुन, काठमाडाैँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले ज्ञापन पत्र बुझाएर राजसंस्था नफर्किने बताएका छन । उनले १७ वर्षको बीचमा निवेदन र ज्ञापनपत्रको प्रयत्न धेरै गरेको भए पनि त्यो सफल हुन नसकेको बताएका छन । मंगलबार सामाजिक सञ्जाल मार्फत उनले यस्तो बताएका हुन ।

अध्यक्ष थापाले भनेका छन, ‘भ्रष्ट शासकहरु समक्ष निबेदन दिएर,ज्ञापनपत्र बझाएर,अनुनय विनय गरेर राजसंस्था र हिन्दुराष्ट्र स्थापना हुँदैन,हुनसक्दैन।गत १७ वर्ष हामीले त्यो अभ्यास गरिसकेका छौं।त्यो प्रयास काम लागेन। अन एक्लैएक्लै वा आ-आफ्नो ढंगबाट आन्दोलन गरौँ भन्नु प्रकारान्तरले भ्रष्ट व्यवस्थालाई निरन्तरता दिनु हो। राजसंस्था र हिन्दुराष्ट्र स्थापनाको आन्दोलनलाई तुहाउने काम गर्छ। त्यसैले सबै राष्ट्रवादीहरुले एकठाउँमा उभिएर,एउटै मोर्चा बनाएर जानुपर्छ,अर्को विकल्प छैन ।’

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलवार १२:१४