२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी

७ फागुन, काठमाडाैँ । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकामा कर्फ्यू आदेश जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय पर्साले एक सूचना जारी गर्दै पूर्वमा बाराको सिमाना जोडिएको नगवा चौक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर पर्सा र दक्षिणमा मितेरीपुल भन्सारसम्मको क्षेत्रमा कर्फ्यू आदेश जारी भएको हो ।

बिहीबार रौतहटको ईशनाथ नगरपालिकाको मोतिपूरमा भएको दुई पक्ष बीच विवाद र झडपकाे विषयलाई लिएर वीरगञ्जमा आज विराेध जुलुसकाे क्रममा विवाद र झडप भएको थियो । साे झडपले सर्वसाधारणकाे सुरक्षामा पर्न सक्ने सम्भावित जाेखिम एवंम शान्ति भंग हुन जाने स्थिति देखिएकाे भन्दै कर्फ्यू आदेश जारी गरीएकाे प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।

सोमबार बेलुकी ५ बजेदेखि अर्को आदेश नभएसम्मको लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम कर्फ्यू आदेश जारी भएको हो।

प्रकाशित मिति : February 19, 2024 at 5:46 pm