४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

सुनको भाउमा वृद्धि, यस्तो छ कारोबार मूल्य


७ फागुन, काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ४०० रुपैयाँले वृद्धि भइ छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ  र तेजावी सुन प्रतितोला १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबारको दिन आइतबार छापावाला सुन प्रतितोला १ लाख १७ हजार ६०० रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १७ हजार ५० रुपैयाँ थियो । आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेर १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४३० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार १२:२०