१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

सिटिजन्स बैंकका ग्राहकले सिटिस्केप थकालीमा १० प्रतिशत छुट पाउने


६ फागुन, काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र दरबारमार्ग काठमाठाैँस्थित सिटिस्केप थकालीबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारी पत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले सिटिस्केप थकालीमा १०% सम्मको छुट पाउने बैंकले जनाएको छ ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको जनाएको छ ।

सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५२ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आईतवार १८:१४