१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

अध्यागमन विभागका प्रमुख रूद्रसिंह तामाङविरूद्ध ११ करोडको भ्रष्टाचार मुद्दा


६ फागुन, काठमाडाैँ । अख्तियार दुरुपयोगग अनुसन्धान आयोगले मेलम्चीमा भ्रष्टाचा गरेको भन्दै मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड सदस्य समेत रहेका अध्यागमन विभागका प्रमुख रूद्रसिंह तामाङसहित १५ जना विरूद्ध भ्रष्टाचर मुद्दा दर्ता गरेको छ । अाइबार अायोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।

तामाङसँग अख्तियारले ११ करोड ९ लाख १७ हजार ४ सय ५८ रूपैयाँ ८८ पैसा बिगो मागदाबी गरेको छ ।  अख्तियारले  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुरमा सोही दफाले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ (१) ३(१)(झ) बमोजिम कैद र जरिवाना गरी दफा १७ बमोजिम बिगो असुल गर्न माग गरेको छ ।

अध्यागमन सुधारका लागि काम गरिरहेका तामाङको विरूद्धमा दायर भएको भ्रष्टाचार मुद्दामा कतिपयले पूर्वाग्रहको संशय पनि व्यक्त गरेका छन । उनले विभागको महानिर्देशक भएपछि विभागलाइ पूर्णरूपमा अटोमेशनमा लगेका छन । तामाङले निरन्तर सुधारको काम गरिरहेका थिए ।

मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले पूर्वसचिवहरू भीम उपाध्याय, सञ्जय शर्मा र गजेन्द्र ठाकुरविरुद्ध मुद्दा दायर गरेको हो। मुद्दाको विस्तृत विवरण तल हेर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आईतवार १७:२५