२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने, बोलायो साधारण सभा

६ फागुन, काठमाडौँ । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ । कम्पनीको सभा फागुन २७ गते मुख्य कार्यालय गोदावरी रोड, धनगढी, कैलालीमा दिउँसो १ बजेदेखि सुरु हुनेछ ।

सभामा कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्ताव पेश गर्नेछ । साथै, सभामा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुने रआर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेण्डा मा छलफल हुनेछ ।

प्रकाशित मिति : 11:45