१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

आफैँले ‘मेरो राजा’ सम्बोधन गरेको महेशसँग नाम जोडिएको भन्दै शोभाको आपत्ति


६ फागुन, काठमाडौँ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतसँग नाम जोडेर समाचार लेखेको भन्दै शोभा पाठकले आपत्ति जनाएकी छिन । उनले एक पत्रिकाले आफ्नो चरित्रहत्या गरेको भन्दै त्यसका लागि कानुनी कारबाही जाने समेत बताएकी छिन । उनले व्यक्तिगत रूपमा समेत पत्रकार पत्रकार किशोर श्रेष्ठले म्यासेज गरेर धम्काएको दाबी गरेकी छिन ।

उनले २४ घण्टाका बीचमा दुई वटा स्टाटस लेख्दै समाचारमा आपत्ति जनाएकी हुन । उनले आफैँले ‘मेरो राजा’ सम्बोधन गरेर जन्मदिनको शुभकामना दिएको एमाले नेतासँग नाम जोडिएको आपत्ति जनाएकी हुन ।  उनको पहिलो आपत्ति जस्ताको त्यस्तै तल उल्लेख गरिएको छ ।

‘पत्रकारिताको नाममा कसैको चरित्र हत्या गर्ने जन आस्था साप्ताहिक र किशोर श्रेष्ठको कस्तो पत्रकारिता हो ? पीडामा परेकी एउटी नारीलाई साथ सहयोग गरेर समाजमा सहि ढंगले जीवन यापन गर्न मानवीयताको नाताले सहयोग गर्न ,आत्मबल बढाई हौसला दिनपर्ने ठाँउमा आफ्नो मिडियामा फ्लोअर बढाउन मेरो ब्यक्तिगत चरित्र हत्या हुने गरि नेकपा एमाले पोलिट्ब्युरो सदस्य महेश बस्नेत सङ्ग नाम जोडी समाचार लेख्नु कत्तिको पत्रकारिताको सिद्धान्त भित्र पर्ने कार्य हो ? यो समाचार लेख्नुअघि सत्यतथ्य जानकारी सोध्न आवश्यक नपर्ने रहेछ ? यो प्रश्न जनआस्था साप्ताहिक र किशोर श्रेष्ठलाई सोध्न चाहन्छु ।मिडिया चलाउनको लागि कति पय नभएको काल्पनिक कुरा जथाभावी लेखेर समाचार लेखी श्रीमती छोराछोरी पाल्नु पर्ने अवस्थामा जनआस्थाका पत्रकारहरु पुगेकै हुन् त ? के शोभा पाठकको ब्यक्तिगत चरित्र हत्या गरि शोभा पाठकलाई नायिका श्रीषा कार्कीको तहमा पुर्याउन जनआस्था साप्ताहिक र किशोर श्रेष्ठ लागेकै हुन् त ? कुनै मान्छेसङ्ग मेरो नाम जोडी लाखौको बीचमा विद्युतीय माध्यमबाट चरित्र हत्या गर्दा विद्युतीय कारोबार ऐन साइबर क्राइम सम्बन्धी अपराध लाग्छ भन्ने सायद यहाँहरुलाई हेक्का नभएकै हो त ? यसरी व्यक्तिगत चरित्र हत्या गर्ने र पत्रकारिताको नाममा पित पत्रकारिता गर्नेहरुको विरुद्ध आवश्यक कानुनी कार्बाहीको प्रकृयामा जाने पनि यसै स्टाटस मार्फत जानकारी गराउछु । त्यस्तै यदि किशोर श्रेष्ठको श्रीमती ,भाउजू ,बुहारी ,छोरी ,भान्जी ,दिदी ,बहिनीको बारेमा यसरी कसैले लेखिदिएको थियो भने उनले के सहेर बस्न सक्थे ? यो प्रश्न समेत गर्न चाहन्छु । छोरा मान्छेले त जस्तो कुरा पनि पचाउन सक्छ तर नेपाली समाजमा छोरी मान्छेलाई हेर्ने नजर नराम्रो हुन्छ र बाच्न समेत गाह्रो हुन्छ ।यदि म बाचे भने निश्चय नै मेरो चरित्र हत्या गर्नेहरुको विरुद्ध कानुनी उपचारमा पक्कै जानेछु । अनि तिनीहरुलाई कारबाहीको दायरामा ल्याउनेछु ।’

शोभाले फेरि अर्को स्टाटस लेख्दै भनेकी छिन, ‘पत्रकारको नामको कलंक किशोर श्रेष्ठ भन्ने ब्यक्तिले मलाई राति 11:30 बजे सम्म एस एम एस गरेर धम्काएको छ मानसिक टर्चर दिएको छ । म माथि कुनै गलत हर्कत भएमा यो माथि छान्बीन होस । मेरो चरित्र समाप्त गर्न लागेका यस्ता पत्रकारलाई कार्बाहि हुनेछ म कानुनी उपचार खोज्नेछु । सबै जना महिलालाई श्रेशा कार्की बनाउने र ०५६ सालको आफ्नो कालो कर्तुत लुकाउने अपराधिक खेल सफल हुनेछैन । म मरे पनि बाँचेपनि किशोर श्रेष्ठ र त्यो जस्ता पत्रकार अनि कथित सामाजिक अभियान्ता र मेडिकल ब्यबसायी भनौदा हरुलाई अबस्य सजाँय हुनेनै छ । तिमीहरुका सबै प्रमाण सुरक्षित छन ।’.

यसको जवाफमा बिहान पत्रकार किशोर श्रेष्ठले सामाजिक सञ्जालमा शोभाले आफूलाइ धम्काएको बताएका छन । उनले सामाजिक सञ्जाल मार्फत नै भनेका छन, ‘दिउँसो दिउँसो एकार्कालाई सिध्याउन चारतिर धाउने,राती राती एक ठाउँमा भेट हुने र “मेरो बिशेष स्वास्थ्य उपचार गर्न सङ्गै दिल्ली गएका हौं”,अब म तपाईंहरुलाई थप अथेन्टिक कुरा बताउँछु भनी हिजो बिहान १०:३३ बजे फोन गर्ने तिनै महिलाको मोबाइलबाट गए राती ९:३७ बजेदेखि ११:४८ बजेसम्म लगातार पत्रकारलाई धम्काउने (यथेष्ट प्रमाण छन्),आफू मनपरि लेख्ने,सङ्गसङ्गै आफूले ड्राफ्ट गरेका तिनै धम्की दुईतिरबाट एकैचोटि शेयर गर्ने । ब्यक्तिगत र निजी कुरा भए डायरीमा सजाएर राख्नु नि,त्यसो नगरी फेसबुकका भित्ताभरि “मेरो राजा” र रानीका फोटा पोस्ट्याउने अनि आफैले सजाएका ती सुन्दर तस्विरसहितको न्युज किन लेखेको भन्दै पत्रकारिताका पाठ पनि पढाउने,मलाई बाले केही गर्न सक्दैनन्,कुरो भैसक्यो भन्दै हिंड्ने ! काण्ड पनि सुदूर पश्चिमका ऐन महरलाई मात्रै लाग्छ कि कसो !’

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आईतवार ११:१४