४ पुष २०८२, शुक्रबार | Sat Dec 20 2025

दुई इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

६ फागुन, काठमाडौँ । दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज फागुन ६ गते आइतबार अन्तिम दिन रहेको छ । हिमालयन रि इन्स्योरेन्स र एसियन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

हिमालयन रि इन्स्योरेन्सले साधारण सभा प्रयोजनको लागि भोली फागुन ७ गते सोमबार बुक क्लोज गर्दैछ । त्यस्तै, एसियन लाइफ इन्स्योरेन्सले सभा प्रयोजनका लागि फागुन ८ गते बुक क्लोज गर्दैछ । भोली फागुन ७ गते प्रजातन्त्र दिवस पर्ने भएकोले सो दिन सेयर बजार बन्द हुनेछ । यसको अर्थ आजसम्म नेप्सेमा कारोबार भइ कायमम सेयरधनीले दुई कम्पनीको लाभांश पाउनेछन् ।

हिमालयन रि इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद गरी कुल ४.२१ प्रतिशत लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न कम्पनीले फागुन २० गते वार्षिक साधारण सभा बोलाएको छ । सभा, राष्ट्रिय सभा गृह प्रदर्शनीमार्ग काठमाडौँमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

त्यसैगरी, एसियन लाइफले आर्थिक वर्ष २०७९/८० को नाफाबाट ७.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४०७ प्रतिशत नगद गरी जम्मा ८.१६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । उक्त लाभांश प्रस्ताव पारित गर्न कम्पनीले फागुन १८ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा होटल क्लासिक सिमरा, बारामा बिहान ११ः३० बजे सुरु हुनेछ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आईतवार १०:२९