प्रतिनिधि सभामा आज प्रधानमन्त्रीले जवाफ दिने
६ फागुन, काठमाडाैं । प्रतिनिधि सभामा सांसदहरूले सोधेका प्रश्नका विषयमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने भएका छन्।
संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बिहान ११ बजे सुरु हुने छ। आजको बैठकका लागि सम्भावित कार्यसूचीको बुदा नम्बर २ मा सांसदहरूले सोधेका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने उल्लेख गरिएकाे छ।
सभामुख देवराज घिमिरेले यसअघि गत माघ २४ गते बसेको प्रतिनिधि सभा बैठकमा फागुन ६ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने जानकारी गराएका थिए।
त्यसका लागि उनले फागुन २ गते दिउँसो ३ बजेभित्र संसद् सचिवालयमा लिखित प्रश्न उपलब्ध गराउन सांसदहरूलाई भनेका थिए।
प्रकाशित मिति : February 18, 2024 at 10:21 am









