१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

धादिङकाे बेनीघाटमा बस दुर्घटना


५ फागुन, काठमाडाैं । धादिङको मलेखु बेनीघाट सडक खण्डमा यात्रुवाहक बस दुर्घटना भएको छ। शनिबार बिहान भएको सवारी दुर्घटनामा परी ३० यात्रु घाईते भएका छन्। काठमाडाैंबाट मुग्लीनतर्फ जाँदै गरेको बा ५ ख ५०७१ नम्वरको बस र विपरित दिशाबाट आउँदै लु १ क नम्वरको ट्रकसँग एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

दुर्घटनामा परी घाईते भएकाहरुलाई मलेखुस्थित सामुदायिक अस्पताल र गजुरी अस्पतालमा उपचारका लागि लगिएको छ। दुर्घटनामा गम्भीर घाईते भएका ६ जनालाई थप उपचारका लागि काठमाडाैं पठाइएको धादिङ प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार १२:२१