नेप्सेमा ६ कम्पनीको बोनस सेयर सूचीकृत
४ फागुन, काठमाडाैँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ६ कम्पनीको बाेनस सेयर सूचीकृत भएको छ । नेप्सेमा दुई साताकाे अवधिमा दुई विकास बैंकसहित ६ कम्पनीको बाेनस सेयर सूचीकृत भएको हाे ।
नेप्सेमा सांग्रिला डेभलपमेन्ट बैंकको ५ प्रतिशत बापतको १६ लाख ३३ हजार ७९५ दशमलव ८६ कित्ता बोनस सेयर सचीकृ भएको छ । त्यस्तै, हिमालयन डिस्टीलरीको १० प्रतिशत बापतको २४ लाख २९ हजार ५६६ दशमलव ६५ कित्ता र स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको १२.३५९९ प्रतिशत बापतको १५ लाख ९५ हजार ४५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।
साथै, नेप्सेमा चिलिमे हाइड्रोपावरको १० प्रतिशतले हुन आउने ७२ लाख ५८ हजार १ सय ८० कित्ता बोनस सेयर, सानिमा माई हाइड्रोको १० प्रतिशतले हुन आउने ३० लाख ८९ हजार २ सय ५१ कित्ता बोनस सेयर र गरिमा विकास बैंकको ९.५० प्रतिशत बापतको ४९ लाख २८ हजार ३०२ दशमलव ७१ कित्ता सुचिकृत भएको हो ।
प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार १५:४९












