५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

बढ्यो सुनको भाउ, यस्तो छ कारोबार मूल्य


४ फागुन, काठमाडाैँ । अन्तिम काराेबारकाे दिन शुक्रबार सुनकाे मूल्य बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य  प्रतिताेला ६ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला एक लाख १७ हजार १०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन बिहीबार छापावाल सुन प्रतितोला एक लाख १६ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १५ हजार ९५० रुपैयाँ थियो । आज चाँदीका मूल्य प्रतितोला ३५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार १०:४९