३० बैशाख २०८१, आईतवार | Sun May 12 2024

दाङमा डिउटीमा रहेकी प्रहरीको गोली हानी हत्या, हत्यारा पनि प्रहरी नै पुष्टि


३ फागुन, काठमाडाैँ । दाङको घोराहीमा एक प्रहरीको गोली हानी हत्या भएको छ । हत्या गर्ने व्यक्ति प्रहरीकै श्रीमान प्रहरी रहेको प्रहरीले जनाएको छ । श्रीमान श्रीमतिको विवाद हत्यामा परिणत भएको प्रहरीको अनुमान छ ।

सम्बन्ध बिच्छेदको प्रक्रिया अघि बढाइसकेका वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान धनमाया थापा र तालिम केन्द्र नेपालगन्जमा कार्यरत प्रहरी सहायक हवल्दार यमबहादुर झाँक्रीको विवाद उत्कर्षमा पुग्दा थापाको हत्या भएको प्रहरीले अनुमान गरेको छ । श्रीमति प्रहरीको हत्या गरेर भाग्दै गरेका सहायक हवल्दार झाँक्री पनि पक्राउ परेका छन ।

थापाको घोराही उपमहानगरपालिका–१५, दामोदर चोकमा ड्युटीमा रहेकै बेलामा श्रीमानले ढाडमा गोली हानेका थिए । थापाको ढाडमा तीन राउन्ड गोली लागेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहीबार २२:१५

https://srdb.com.np/