१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कपिलवस्तु दुर्घटनाः मृतक १० जनाकै सनाखत


३ फागुन, काठमाडाैँ । कपिलवस्तुको सुरही पुल नजिक भएको दुर्घटनाका मृतक १० जनाको नै पहिचान खुलेको छ। कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर १ सुरही पुल नजिकै बुधबार राति बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा रौतहट औरही नगरपालिका वडा नम्बर ३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, कालिजंग गण गोरुसिंगेमा कार्यरत अर्जुनकुमार योगी, भारत उत्तरप्रदेश मुरदाबादका सकिल मुसलमान,  कञ्चनपुर भीमदत्त नगरपालिका वडा नम्बर १ का २७ वर्षीय राहुलराम कामी, सोही नगरपालिका वडा नम्बर ४ का २४ वर्षीय उमेश भण्डारी रहेका छन् ।

त्यस्तै, भीमदत्त नगरपालिक १६ कि सञ्जु थापा, भिमदत्त नगरपालिका नै बस्ने खगेश्वरी खाती, सोही नगरपालिका वडा नम्बर २ बस्ने सुदिप भट्ट, पुनर्वास नगरपालिका किसन भट्ट, त्यही नगरपालिका वडा नम्बर ९ बिसफाटा बस्ने विमलादेवी भट्टको दुर्घटनामा ज्यान गएको कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले जनाए ।

महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुनौलो महाकाली यातायातको सु–प–प्र–०२–००१ ख ००९८ नम्बरको बस  सडकबाट झन्डै दुई सय मिटर तल खोलामा खसेको थियो। दुर्घटनामा ३० जना घाइते भएका छन्।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहीबार ११:५६