१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

एमाले धादिङ अधिवेशनः अध्यक्षमा वकिल र चिकित्सक प्यानलसहित प्रतिस्पर्धामा


२ फागुन, धादिङ । नेकपा एमाले धादिङको जिल्ला कमिटी अध्यक्षका लागि अधिवक्ता भुमि त्रिपाठी र चिकित्सक रामकुमार अधिकारी प्यानलसहित प्रतिस्पर्धा गर्दैछन । नेतृत्व चयनका लागि अहिले बिहान ७ बजेदेखि  मतदान सुरू भएको छ । दिउँसो २ बजेसम्मका लागि मतदानको समय दिएको छ ।

यसअघि हिजै ५५ जना जिल्ला कमिटी सदस्य निर्विरोध निर्वाचित भएका छन । निर्विरोध निर्वाचित भएका ५५ जना नै अध्यक्षका प्रत्याशी त्रिपाठी निकट रहेको नेताहरूले बताएका छन । त्यस्तै उपाध्यक्षमा रामकुमार आचार्य र अर्जुनकुमार श्रेष्ठ गोर्खाली प्रतिस्पर्धा गर्दैछन । त्यस्तै सचिवमा राधिका सापकोटा र हरिराम लोहनी प्रतिस्पर्धा गर्दैछन । त्रिपाठी प्यानलबाट उपाध्यक्षमा गोर्खाली र सचिवमा सापकोटा रहेकी छिन भने अधिकारी प्यानलबाट उपाध्यक्षमा आचार्य र सचिवमा लोहनी रहेका छन ।

अध्यक्षका प्रत्याशीद्धय डा रामकुमार अधिकारी (२) र भुमी त्रिपाठी (१) नम्मर बुथमा मतदान गर्दै ।

पदाधिकारीका पाँच, जिल्ला कमिटी सदस्य एक सय र ६ सदस्यी लेखा समितिको कुला १ सय ११ पदका लागि १ सय ८४ जना मैदानमा छन । मैदानमा रहेका मध्ये ५५ जना हिजै निर्विरोध भैसकेका छन । विधुतिय भोटिङ मेसिनबाट मतदान भैरहेका कारण आजै साँझसम्म मतपरिणाम सार्वजनिक भैसक्नेछ ।

अधिवेशनमा विवाद भएपछि केन्द्रीय संगठन विभागले हस्तक्षेप गरी नयाँ अध्यक्षमण्डल र निर्वाचन कमिटी गठन गरेर दश दिनपछि अधिवेशन सुचारू गरेको हो । यसअघि एमाले सिन्धुली इन्चार्ज खेम लोहनी समूहले  बन्दसत्रमा बबाल गरेपछि दश दिनसम्म अधिवेशन स्थगित भएको थियो । दश दिन अधिवेशन स्थगित गराउँदा लोहनी आफू अध्यक्षमण्डलको सदस्यमा र दश जना प्रतिनिधि थप्न सफल भएका थिए ।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहीबार ०८:५७