१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

एमाले धादिङमा पत्रकार रामेश्वर कार्कीसहित ५५ सदस्य निर्विरोध, भोलि मतदान (सूचीसहित)


२ फागुन, धादिङ । नेकपा एमाले धादिङको जिल्ला कमिटी सदस्यमा ५५ जना निर्विरोध निर्वाचित भएका छन । निर्वाचन कमिटीले बुधबार राति सार्वजनिक गरेको उम्मेदवारको अन्तिम सूचीमा ५५ जना सदस्य जिल्ला कमिटीमा निर्विरोध निर्वाचित भएका छन । निर्विरोध निर्वाचित हुनेमा इमानका महासचिव समेत रहेका पत्रकार रामेश्वर कार्की, युवराज खतिवडा लगायत रहेका छन ।

दोहोरो उम्मेदवारी परेको पदमा भने भोलि बिहीबार बिहान ८ बजेबाट मतदान हुने भएको छ । एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकाल अध्यक्ष मण्डलको अध्यक्ष भएर निर्वाचन पक्रिया सुरू गरेपछि धादिङको अधिवेशनमा कुनै समस्या देखिएको छैन । यसअघि खेम लोहनी समहूले  बन्दसत्रमा बबाल गरेपछि दश दिनसम्म अधिवेशन स्थगित भएर बुधबारबाट पनुः सुचारू भएको हो ।

अध्यक्षका लागि अधिवक्ता भुमि त्रिपाठी र चिकित्सक रामकुमार अधिकारी प्रतिस्पर्धा गर्दैछन । त्यस्तै उपाध्यक्षमा रामकुमार अाचार्य र अर्जुनकुमार श्रेष्ठ गोर्खाली प्रतिस्पर्धा गर्दैछन । त्यस्तै सचिवमा राधिका सापकोटा र हरिराम लोहनी उम्मेदवार रहेका छन ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार २१:२३