७ श्रावण २०८३, बिहिबार | Fri Jul 24 2026

सुनको भाउमा भारी गिरावट, यस्तो छ कारोबार मूल्य

२ फागुन, काठमाडौँ । साताको चौंथो कारोबारको दिन बुधबार सुनको मूल्यमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक हजार दुई सय रुपैयाँले घटेर छापावाल सुन प्रतितोला एक लाख १६ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार ९५० रुपैयाँमा खरिद बिक्री भइरहेको छ।

मंगलबार छापावाला सुन एक लाख १७ हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।यसदिन चाँदीको मूल्य ३० रुपैयाँले प्रतितोला एक हजार ३६५ रुपैयाँ कायम भएको छ। मंगलबार चाँदी प्रतितोला एक हजार ३९५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

प्रकाशित मिति : February 14, 2024 at 11:17 am