२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

फागुन १ को साइतमा नेपाल प्रहरीका ७८ एसपीको सरूवा (सूचीसहित)


२ फागुन, काठमाडाैँ । नेपाल प्रहरीले ७८ प्रहरी उपरीक्षक (एसपी)को सरूवा भएको छ। फागुन १ को साइत पारेर प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले ७८ एसपीको काज सरूवा गरेका हुन । केही महिनादेखि नै एसपी सरूवाको प्रयास भए पनि राजनीतिकदेखि अनेक हिसाबकिताब नमिल्दा सरूवाको सूची सार्वजनिक हुन सकेको थिएन ।

मंगलबार भने फागुन १ को साइत बनाएर एसपीको सरूवा सूची निस्किएको छ । सरूवा अनुसार काठमाडाैँ प्रहरी परिसरमा रहेका कुमोद ढुंगेलले पर्सा प्रहरी प्रमुखको जिम्मेवारी पाएका छन । त्यस्तै काठमाडाैँ उपत्यका प्रहरी कार्यालयका दयानिधी ज्ञवालीले सर्लाहीको प्रहरी प्रमुखको जिम्मेवारी पाएका छन ।

यस पटकको एसपी सरूवामा गृह मन्त्रालय भन्दा बाहिरका व्यक्तिहरू हावी भएको दाबी प्रहरी अधिकारीहरूले नै गरेका छन । गृह मन्त्रालयको दबाबलाई सामान्य रूपमा नै मानिने भए पनि मालदार जिल्लाको रूपमा चिनिएको पर्सा, रूपन्देही लगायतको जिल्लाको प्रहरी प्रमुखका लागि ठूलै चलखेल हुने गरेको छ । सरूवाको पूरा विवरण तल हेर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार ०८:५४