२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

ज्योति क्यापिटल र नगरकोट रिसोर्टबीच आईपीओको चरणसम्म पुग्न दुई पक्षीय सम्झौता

१ फागुन, काठमाडौं । ज्योति क्यापिटल लिमिटेड र नगरकोट रिसोर्ट लिमिटेडबीच पूँजी संरचना परिवर्तन, प्राईभेट इक्विटीको व्यवस्था लगायतका कार्य गर्न आवश्यक परामर्श दिई भविष्यमा कम्पनीको प्रबन्धपत्रमा व्यवस्था भए बमोजिमका कार्य गर्र्ने सक्ने वनाउन संस्थागत परामर्श सेवा सम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको छ ।

ज्योति क्यापिटलको संस्थागत परामर्श सेवा ‘व्यबसायको आरम्भ देखि सम्पन्नतासम्म’ अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापना कालदेखि सर्वसाधारण लाई शेयर जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आईरहेको छ ।

यसैक्रममा ज्योति क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बिकास ढकाल र नगरकोट रिसोर्ट लिमिटेडको तर्फबाट कम्पनीको सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र राउत क्षेत्रीले संस्थागत परामर्श सेवा सम्वन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त समारोहमा नगरकोट रिसोर्ट लिमिटेडका संचालक श्री निरज बहादुर राउत क्षेत्री तथा वित्तीय परामर्शदाता सीए गोविन्द शर्मा गैरे समेतको उपस्थिति थियो ।

ज्योति विकास बैंकको सहायक कम्पनीको रुपमा रहेको ज्योति क्यापिटलको चुक्ता पूँजी २१ करोड रहेको छ । हरेक ग्राहकहरुको सम्पन्नताको सहयात्री बन्ने अभिलाषा बो्केको यस ज्योति क्यापिटलले नेपाल धितोपत्र वोर्डमा मर्चेन्ट बैंकरको कार्य गर्न अनुमती प्राप्त गरी लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श, धितोपत्रको प्रत्याभूति सेवा समेत प्रदान गरिरहेको छ ।

ज्योति क्यापिटलले व्यवसायको आरम्भदेखि सम्पन्नतासम्म सेवा अन्तर्गत प्रालिलाई पब्लिक कम्पनीमा परिणत गरी साधारण शेयर निष्काशन गर्न सक्ने सम्म बनाउने कार्य गर्न आवश्यक परामर्श सेवा संचालन गरिरहेको छ ।

प्रकाशित मिति : February 13, 2024 at 6:00 pm