२६ बैशाख २०८१, बुधबार | Thu May 9 2024

अवैध मुद्रासहित दुबई जान लागेकी युवती विमानस्थलबाट पक्राउ


१ फागुन, काठमाडौं । अवैध रुपमा विदेशी मुद्रासहित दुबई जान लागेकी एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जनालाई पक्राउ गरेको

पक्राउ पर्नेमा जुगल गाउँपालिका–२, सिन्धुपाल्चोक घर भएकी १९ वर्षीया सुस्मिता गोले छिन् । उनलाई विमानस्थल प्रहरीले सोमबार दिउँसो पक्राउ गरेको हाे । विमानस्थलको प्रस्थानमा ब्यागेज चेकिङको क्रममा सुस्मिताको झोलाबाट विभिन्न दरको एक लाख ४९ हजार साउदी रियाल र १० हजार युएई दिराम फेला परेको थियो। बरामद रकमबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलवार १६:५३