४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

फागुन महिनाको पहिलो दिन घट्यो सुनको भाउ, यस्तो छ कारोबार मूल्य


१ फागुन, काठमाडौँ ।  फागुन महिनाको पहिलो दिन सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला ३ सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला १ लाख १७ हजार ७ सय रुपैयाँ र तेजावी सुन तोलामा १ लाख १७ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार छापावाल सुनको भाउ प्रतितोला १ लाख १८ हजार रुपैयाँ  र तेजावी सुन १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ भने स्थिर रहेको छ । मंगलबार चाँदीको भाउ प्रतितोला१ हजार ३९५ रुपैयाँ कायम रहेको छ । सोमबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो ।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलवार १२:०२