२३ बैशाख २०८१, आईतवार | Sun May 5 2024

नुवाकोट महोत्सवमा गोविन्दले उत्पादन गरेको केरा, एकै घरीमा ३०० बढी कोसा


२७ माघ, नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर १२ का किसान गोविन्द भट्टको केराको घरी प्रदर्शनीमा राखिएको छ । नुवाकोट महोत्सवको अवसर पारेर बेलकोटगढी नगरपालिकाले गोविन्दको केराबारीमा उत्पादन भएको ठूलो र लामो घरी केरा प्रदर्शनीमा राखिएको हो ।

व्यवसायिक रूपमा कृषिमा काम गरिरहेका गोविन्दले विभिन्न कृषि उपजहरू उत्पादन गर्दै आएको बेलकोटगढी नगरपालिकाका कृषि प्राविधिक विनोद पौडेलले दैनिकीलाई जानकारी दिए । उनले अन्दाजी ५ फिट लम्बाइ रहेको गोविन्दको बारीमा उत्पादन भएको केराको घरमाी २० हातो रहेका छन । त्यस्तै ३०० भन्दा बढी कोशा उक्त घरीमा रहेका छन ।

कृषि प्राविधिक पौडेलका अनुसार कुनै हातमा २२ कोसासम्म केरा रहेको र कुनैमा १० कोसामात्रै पनि रहेको छ । नुवाकोट महोत्सवमा प्रदर्शनीमा राखिएका कृषि उपजको केरामा गोविन्दले उत्पादन गरेको केरानै ठूलो रहेको विनोदले दाबी गरे । उनले नगरपालिकाले कृषकलाई प्रोत्साहित गर्न उनीहरूको उत्पादन संकलन गरेर प्रदर्शनीमा राखिएको जानकारी दिए । प्रदशर्नीमा विभिन्न गाउँमा किसानले उत्पादन गरेका कृषि उपज लगायत राखिएको छ ।

बेलकोटगढी नगरपालिका वडा नम्बर १२ का किसान गोविन्द भट्टले उत्पादन गरेको केरा ।
बेलकोटगढी नगरपालिका वडा नम्बर ११ का किसान जनार्दन तिवारीले उत्पादन गरेको अलैँचीको बोट ।
बेलकोटगढी नगरपालिका वडा नम्बर ११ का किसान विकास ढकालले उत्पादन गरेको मुला ।
बेलकोटगढी नगरपालिका वडा नम्बर ७ का किसान कमल लामाले उत्पादन गरेको कन्य च्याउ ।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार १८:४१