२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न आयोग तत्परः प्रमुख आयुक्त थपलिया

२६ माघ, काठमाडौँ ।  प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सर्वोच्च अदालतको निर्देशात्मक आदेशबमोजिम विदेशमा रहेका नेपाली मतदाताको मताधिकार सुनिश्चित गर्न आयोग तत्पर रहेको बताएका छन् । अदालतले २०७४ चैत ७ गते उक्त आदेश दिएको थियो ।

संसदमा रहेका राजनीतिक दलसँग आज आयोगमा भएको परामर्श बैठकमा प्रमुख आयुक्त थपलियाले उक्त सवालसमेतलाई सम्बोधन गरी निर्वाचन व्यवस्थापन विधेयकको मस्यौदा गत असार १८ गते नेपाल सरकार, गृह मन्त्रालयमा पेस गरिएकोमा हालसम्म सदनमा प्रस्तुत नभएको बताए । उनले विभिन्न तहमा रिक्त पदमा हुने उपनिर्वाचनमा मताधिकार वृद्धि गर्न नामावलीमा दर्ता हुनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : February 9, 2024 at 4:46 pm