६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

नागरिक लगानी कोषको नाफा बढ्यो, यस्तो छ प्रतिसेयर आम्दानी

२६ माघ, काठमाडाैँ । नागरिक लगानी कोषले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। दोस्रो त्रैमाससम्ममा कोषले ५४ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.३८ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कोषले ५१ करोड ३२ लाख रुपैयाँ आम्दानी गरेको थियो।

 समीक्षा अवधिमा कोषको ब्याज आम्दानी ८.०७ प्रतिशत बढेको छ भने सेवा शुल्क तथा कमिशन आम्दानी १२.०९ प्रतिशत बढेको छ। त्यसैगरी, कोषको कुल आम्दानी १०.८१ प्रतिशत बढेको छ  ।  नागरिक लगानी कोषको चुक्ता पुँजी ५ अर्ब ३१ करोड ३७ लाख ५० हजार रुपैयाँ रहेको छ । यसको जगेडा कोषको आकार ५९.१९ प्रतिशतले बढेर २४ अर्ब ४१ करोड ५४ लाख ९३ हजार रुपैयाँ पुगेको छ । कोषको प्रतिसेयर आम्दानी भने २४.१५ रुपैयाँबाट घटेर २०.५५ रुपैयाँ कायम भएको छ । कोषको प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ ८ पैसा रहेको छ ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार १२:३१