१४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026

मुक्तिनाथ कृषि कम्पनीको खुद नाफा धनात्मक, यस्तो छ वित्तीय अवस्था

२६ माघ, काठमाडाैँ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले १९ करोड ४६ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११८.१२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीकाे सञ्चालन आम्दानी ८ करोड ९२ लाख रुपैयाँ थियो।

समिक्षा अवधिमा सञ्चालन आम्दानी बढेसँगै कम्पनीको खुद नाफा धनात्मक भएको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २ करोड १९ लाख रुपैयाँ ऋणात्मक रहेको कम्पनीको खुद नाफा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ४९ लाख रुपैयाँ धनात्मक भएको छ। कृषिको चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ । यसअवधिसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ ४१ पैसा र कम्पनीको प्रतिसेयर नेटवर्थ ९१ रुपैयाँ ४२ पैसा रहेको छ

प्रकाशित मिति : February 9, 2024 at 10:16 am