५ पुष २०८२, शनिबार | Sat Dec 20 2025

नेप्सेसँगै बढ्यो कारोबार रकम, ५ कम्पनीको सेयमा सकारात्मक सर्किट

२४ माघ, काठमाडौँ । साताको चौंथो कारोबारको दिन बुधबार सेयर बजारमा सामान्य अंकको सुधार आएको छ । बुधबार नेप्से परिसूचक ४.९२ अंक बढेर २०९०.६४ विन्दुमा पुगेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ।  बुधबार २ अर्ब ८४ करोड २५ लाख रुपैयाँ बराबरको ७७ लाख ३२ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। बुधबार पाँच कम्पनीकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ । यस दिन गुराँस लघुवित्त, समाज लघुवित्त, बुद्धभुमि नेपाल हाइड्रोपावर, इष्टर्न हाइड्रोपावर र एशियन हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेकाे हाे ।

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार १५:२४