२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

सरकारी जग्गा हडप्ने र सहकारी ठग्ने जतिसुकै शक्तिशाली भए पनि कारबाही हुनुपर्नेः गगन थापा

२४ माघ, काठमाडाैँ । नेपाली कांग्रेसका सांसद गगन थापाले जतिसुकै शक्तिशाली भए पनि सरकारी जग्गा हडप्ने र सहकारीमार्फत ठगीमा संलग्नहरुलाइ कारबाही हुनुपर्ने बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा सांसद थापाले उनले गलत गर्नेहरु जो सुकै भए पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका हुन् । उनले राजनीतिक र आर्थिक शक्ति हेरेर कानुन मिच्नेलाई छुट दिन नहुने बताए ।

‘जोसुकै होस्, जतिसुकै शक्तिशाली होस्। राजनीतिक शक्ति होस् कि आर्थिक शक्ति होस्। नेपालको सार्वजनिक जग्गा कसैले हडप्छ भने सजाय पाउनु पर्दैन? दण्ड पाउनु पर्दैन? ’ थापाले भने, ‘सुशासनको आजको दिनको मन्त्र भनेको कानुन, विधिको शासन चाहे जग्गा मिच्ने होस्, जग्गा हडप्ने होस्, चाहे नागरिकताको किर्ते गर्ने होस्, चाहे सहकारीमा ठग्ने होस्, यताको होस् कि उताको होस्, जुनसुकै दलको होस्, दलभन्दा बाहिरको होस्, जतिसुकै शक्तिशाली होस् कसैले पनि उन्मुक्ति पाउनुहुन्न ।’

प्रकाशित मिति : 13:44