२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

प्रक्रिया पूरा भएका कम्पनीको आईपीओलाई निष्काशन अनुमति दिनुपर्छः अध्यक्ष ढकाल

२४ माघ, काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले प्रक्रिया पूरा भएर पनि रोकिएका कम्पनीका आईपीआहरु निष्कासन गर्न अनुमति दिन आग्रह गरेका छन् । बुधबार इकोनोमिक मिडिया एशोसिएशन नेपाल (इमान) ले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले  प्रक्रिया पूरा भएर पनि रोकिएका कम्पनीका आईपीआहरु निष्कासन गर्न अनुमति दिन आग्रह गरेका हुन् ।

उनले प्रिमियममा दिनुपर्ने र गम्भीर प्रकृतिका बाहेक प्रक्रिया पूरा गरिसकेका कम्पनीका आईपीओ निष्कासन गर्न दिनुपर्ने बताए । आईपीओ निष्काशन नियमित हुनु पर्ने बताउँदै ढकालले भने ‘आईपीओलाई अनुमति दिने काम ठप्प हुनु राम्रो होइन, यसको बाटो खुलाउनु पर्छ, प्रिमियम बाहेकका आईपीओलाई नियमित रुपमा अनुमति दिनुपर्छ।’

प्रकाशित मिति : 12:00