२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

हेलम्बुले गाउँपालिकामा ६ महिनामै इन्धनमा ६० लाख स्वाहा, वडा अध्यक्षले फिर्ता गरे मोटरसाइकल

२४ माघ, काठमाडाैँ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले ६ महिनामा इन्धन र सवारीसधान मर्मतमै ६० लाख रूपैयाँ स्वाहा बनाएको छ । पालिकाले इन्धन र मर्मतको नाममा बिल बनाएर ठूलो धनराशी सकेपछि हेलम्बु ३ का वडा अध्यक्ष दीपक खड्काले सरकारी मोटरसाइकल फिर्ता गरिदिएका छन ।

गाउँपालिकाले इन्धन खर्चका नाममा धेरै पैसा सकेका कारणले अाफूले सरकारी खर्च घटोस भनेर सरकारी मोटरसाइलक फिर्ता गरेको बताएका छन । उनले सामाजिक सञ्जाल मार्फत भनेका छन, ‘मिति २०७९/०१/३० गतेको स्थानीय तहका सदस्यहरुको निर्वाचनमा म दिपक खड्का सिन्धुपाल्चोक जिल्ला हेलम्वु गाउँपालिका वडा नं-३ को वडा अध्यक्षमा निर्वाचित भएको व्यहोरा अवगत नै छ। उक्त सम्वन्धमा मैले जनप्रतिनिधि भए पश्चात उपभोग गर्दै आएको सरकारी मोटरसाईकल आजको मितिमा गाउँपालिका फिर्ता गर्ने निर्णय गरेको छु। गाउँपालिको मर्मत, ईन्धन लगायत शिर्षकमा वढ्दो खर्चको कारणले मैले यो निर्णय लिएको छु। परिवर्तन र सुशासन आफैवाट सुरु गर्नु पर्छ भन्ने मान्यतालाई आत्मसात गर्दै मैले विगतमा लिदै आएको मोटर साईकल सुविधा फिर्ता गरि खर्चमा मितव्यीता कायम गरि आर्थिक अनुशासन कायम गर्न सघाउ पुग्छ भन्ने विश्वास गरेको छु।’

प्रकाशित मिति : February 7, 2024 at 12:00 pm