२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

अकामा होटलले आईपीओ निष्कासन गर्ने, बोलायो साधारण सभा

२४ माघ, काठमाडाैँ । अकामा होटल लिमिटेडले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न विशेष साधारण सभा बाेलाएकाे छ । कम्पनीको माघ २३ गते बसेको सञ्चालक समितिको बैठकले फागुन २४ गते साधारण सभा बाेलाइकाे हाे । सभा धुम्बाराही काठमाडाैँमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११.३० बजेबा सुरू हुनेछ ।

सभामा कम्पनीको अधिकृत,जारी तथा चुक्तापूँजी वृद्धि गर्ने प्रस्ताव पारित गरिनेछ । साथै, सभामा कम्पनीको हाल कायम रहेको अंकित मूल्य रु.१०० को सेयर पूँजीलाई अंकित मूल्य रु.५० मा विभाजन गर्ने प्रस्ताव पारित गरिनुका साथै सर्वसाधारण सेयर (आईपीओ)  जारी गर्ने प्रस्ताव पारित गरिनेछ ।

प्रकाशित मिति : 09:22