२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

९ अर्ब ८० करोडको साधारण सेयर निष्काशन गर्न धितोपत्र बोर्डको अनुमति

२३ माघ, काठमाडाैँ । चालु आर्थिक वर्षको ६ महिनामा नेपालको सेयर बजारमा ८० अर्ब ६१ करोड बराबरको धितोपत्र थपिएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार यो अवधिमा ६४ अर्ब ८५ करोड बराबरको साधारण सेयर, ९ अर्ब ५३ करोड बराबरको बोनस सेयर, ६ अर्ब १० करोड बराबरको हकप्रद सेयर र ३ करोड बराबरको एफपीओ थपिएको हो ।

धितोपत्रहरु थपिएसँगै विभिन्न समूहहरुको सेयर बजारमा बजार हिस्साको अवस्था समेत परिवर्तन भएको छ । अब सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५८.६ प्रतिशत रहेको छ ।

त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १५.३ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.७ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.४ प्रतिशत, होटेलको हिस्सा ३.१ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ९.५ प्रतिशत रहेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८० पुस मसान्तमा सूचीकृत ८ अर्ब १७ करोड शेयरको चुक्तामूल्य रु.८०९ अर्ब ८३ करोड रहेको छ । समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ९ अर्ब ८० करोड बराबरको साधारण सेयर, ६ अर्ब २ करोड बराबरको डिबेन्चर, ५ अर्ब ४६ करोड बराबरको हकप्रद सेयर र ३ अर्ब ५० करोड बराबरको म्युचुअल फण्ड गरी कुल २४ अर्ब ७८ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।

प्रकाशित मिति : 16:06