एमाले अधिवेशनः आफैँ लडेका सन्तोषलाई झडपमा घाइते भनेर लोहनी समूहले गरेको प्रचार झुठो
२२ माघ, धादिङ । नेकपा (एमाले) धादिङको नवौँ जिल्ला अधिवेशनमा स्वयंसेवको रूपमा सहभागी भएका निलकण्ठ नगरपालिका वडा नम्बर ९ का सन्तोष खनालाई झडपमा घाइते भएको भन्दै केन्द्रीय सदस्य खेम लोहनी समूहले गरेको प्रचार झुठो ठहर भएको छ ।
धादिङ जिल्ला अस्पतालको अर्थोपेडिक वार्डमा ३२ नम्बरको बेडमा उपचाररत खनाल स्वंयले आफूलाई कसैले आक्रमण गरेको नभइ आफैँ लडेको साविति वयान दिएपछि लोहनी तथा बागमती प्रलदेश कमिटीका सदस्यद्धय रामकुमार अधिकारी र रमेश आचार्यले अस्पतालमा खनालसँग भेटेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै खनाल झडपमा घाइते भएको र हात भाच्चिएको उल्लेख गरिएको थियो ।
घाइते भएका खनाल स्वयंले भने आफू आफ्नै जुत्ताको तुनामा अल्झिएर लडेको बताएका छन । सन्तोषलाई लडेको प्रत्यक्ष देखेका नेपाल आदिवासी जनजाति महासंघ बागमती प्रदेश कमिटीका अध्यक्ष समेत रहेका पत्रकार बासु श्रेष्ठ र धुनिवेशी नगरपालिका वडा नम्बर ७ का पूर्व वडा अध्यक्ष केदार पाठक र मन्दिरा श्रेष्ठको सहयोगमा अस्पताल पुर्याएको जानकारी दिए । उनले सन्तोष आफैँ लडेको र उपचारका लागि पनि आफूहरूले नै पठाएको बताएका छन ।
बागमती प्रदेश कमिटीका सदस्य आचार्यले भने अस्पतालमा भेटेको तस्बिर राख्दै भनेका थिए, ‘शिघ्र स्वास्थ्य लाभको कामना प्यारो भाइ ! प्यारो भाइ सन्तोष खनाल,निलकण्ठ-९,धादिङ, नेकपा (एमाले) धादिङको नवौं जिल्ला अधिबेशनमा स्वयंसेवकको भुमिका निर्वाह गर्दै गर्दा झडपमा परि सख्त घाइते (हात फ्याक्चर) भई धादिङ अस्पताल स्थित अर्थोपेडीक वार्ड वेड नं. ३२ मा उपचाररत}, २१ माघ २०८०, धादिङ अस्पताल,निलकण्ठ,धादिङ ।’

सन्तोषको उद्धारमा सहभागी भएकी एमाले नेतृ मन्दिरा श्रेष्ठले रमेशको पोस्ट सेयर गर्दै भनेकी छिन, ‘तल शेयर गरिएको तस्वीर सहितको पोस्टमा जे लेखिएको छ यो झुट हो भन्न चाहन्छु किन कि म आफै यसमा प्रत्यक्ष रुपमा स-शरिर उपस्थित थिए। धादिङको ९औं अधिवेशनमा खाजा खाने समयमा एकैछिन हामी धादिङको पार्टी कार्यालयको गेट बाहिर उभिदै थियौं । एउटा युवा भाइ जो तस्वीरमा देखाइएको छ सोही भाइ हिड्दै आउदै थियो एक्कासि लड्यो र कमरेड केदार पाठकले बाइक खोजेर ल्याउनुभयो एक जना दिदिले एउटा पसल बाट कपडा खोजेर ल्याउनुभयो मैले कपडाले सपोर्ट बनाई त्यो भाईको हातमा लगाईदिए , कमरेड बासु श्रेष्ठले त्यो भाईलाई समाएर बाइकमा राखिदिनुभयो, स्वयंसेवक भाइ निशान बिसुरालले बाइकको पछाडी बसि त्यो भाईलाई हस्पिटल पुराईयो। आज मिति २०८० माघ २१ गते बिहान लगभग ९ :०० बजे तिर एक्कासि अधिवेशनमा झडप भइ एक जनाको हात भाचिएर अधिवेशन स्थगित भनी जिम्मेवार नेताको विज्ञप्ति आउँदा मेरो मनमा कतै यहि भाइको नाम त जोडिएको होइन भन्ने लागिरहेको थियो तर अहिले एक्कासि सोही भाईको तस्विरले मेरो शंकालाई प्रमाणित गरिदिएको छ हात भाचिएको उक्त भाइ झडपमा नभई बाटोमा हिड्दै गर्दा लडेर हामिले उठाएर हस्पिटल पठाएको भाइ रहेछ। अहो यो झुट जिम्मेवार ब्यक्तिहरु बाटै (मेरो यसमा कुनै लाइनको स्वार्थ छैन)। निस्वार्थ ढंगले पार्टीमा लागिरहदा पार्टी हाक्छु भन्ने हरुबाटै यस्तो झुटको प्रचार देख्दा आज निकै नै खिन्न लागेर लेख्न बाध्य भएकी हु।’
लोहनी निकटका नेताहरू चुनावबाट बढारिने भएपछि प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुंगेलले अधिवेशनमाथि ‘कु’ गरेका छन् । २०७९ मा भएको स्थानीय र प्रतिनिधिसभा अनि प्रदेशसभाको निर्वाचनमा पार्टीलाई सोत्तर बनाउन अग्राणी भूमिका निर्वाह गरेका लोहनीले गुट रक्षाका लागि ढुंगेलले अधिवेशन माथि ‘कु’ गरेको नेताहरूले बताएका छन । लोहनी समूहले धादिङमा ओलीका पूर्व स्वकीय सचिव रमेश आचार्यका पिता रामुकुमार आचार्य र लोहनीका भाइ हरिराम लोहनीलाई उपाध्यक्ष र सचिवमा सेट गर्नका लागि बार्गेनिङ गरिरहेको छ ।
यो पनि पढ्नुहोस्
एमाले धादिङको अधिवेशनमा कैलाशको ‘कु’, ओलीको निर्देशन सुन्न अध्यक्ष मण्डललाई बालकोटमा निम्तो
प्रकाशित मिति : 15:52









